'यो फिल्म पूरै लाजमर्दाे छ र यसको कथा विषय पनि भद्दा अश्लिल छ' बोर्डले आधिकारिक रुपमा भनेको छ, 'त्यसैले यो फिल्मलाई बोर्ड सार्वजनिक प्रदर्शनमा रोक लगाउने निर्णय गर्दछ।'
फिल्मलाई वयस्क श्रेणीमा राखेर पनि प्रदर्शन गर्न नदिने बोर्डले जनाएको छ। 'अश्लिलताको तामाम हद पार गरेको छ यसलाई एडल्ट फिल्मको क्याटागोरीमा पनि राख्न सकिँदैन', निर्णयमा भनिएको छ।
एक साता अघि रिलिज भएको यौन कमेडी 'क्या कुल हे हम–३' मा तुसार कपुर, अफ्ताब शिवदासी तथा मन्दना करिमीको मुख्य अभिनय रहेको छ। सन् २०१२ मा रिलिज भएको क्या सुपर कुल हे हमकै सिक्वेलको रुपमा यो फिल्म आएको हो। उमेश घट्जेले निर्देशन गरेकाे फिल्मको निर्माता एकता कपुर र शोभा कपुर हुन्।
२५ करोड भारतीय रुपैयाँ निर्माण लागत रहेको फिल्मले एक सातामा ३० करोड रुपैयाँ कमाइ गरिसकेको छ। पाकिस्तानमा प्रदर्शन गर्ने तयारी थालेपछि सेन्सरले फिल्म रोकेको हो।
प्रकाशित: १२ माघ २०७२ ०२:१४ मंगलबार

