१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

दिल्ली सरकारको सन्नीलाई यस्ताे आग्रह

मुम्बई–भारतीय राजधानी नयाँदिल्लीको स्थानीय सरकारले बलिउड अभिनेत्री सन्नी लियोनीलाई स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ। उनलाई स्थानीय सरकारले सहयोग गरिदिन आग्रह गरेको खबरले अहिले बलिउड वृत्तलाई रोचकता दिलाएको छ।

दिल्ली सरकारले सन्नीलाई पान मसलाको विज्ञापनमा काम नगर्न आग्रह गर्दै पत्र लेखेको हो । पान मसलाले स्वास्थ्यमा नराम्रो असर गर्ने, सेलिब्रिटीहरूले स्वास्थ्यका लागि हानिकारक यस्ता वस्तुको विज्ञापनमा काम गरे यी वस्तु बढी लोकप्रिय हुने भएकाले यस्तो विज्ञापनमा काम नगर्न आग्रह गर्दै दिल्ली सरकारले सन्नीलाई चिठी लेखेको हो

। सनीसँगै अजय देवगन, शाहरूख खान, सैफ अली खान, अरबाज खान र गोविन्दालाई पनि दिल्ली सरकारले यस्तो आग्रह गर्दै चिठी लेखेको छ ।

प्रकाशित: ११ माघ २०७२ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App