१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

चमेलीको भूमिकामा सोनाक्षी

मुम्बई– सन् १९८६ मा रिलिज भएको अनिल कपुर र अमृता सिंह अभिनित फिल्म 'चमेली की शादी' को रिमेकमा अभिनेत्री सोनाक्षी सिन्हा 'चमेली' को भूमिकामा देखिने भएकी छिन्। भारतीय संचारमाध्यमका अनुसार निर्देशन जोडी राधिका राव र विनय सप्रुले १९८६ को प्रख्यात हास्य फिल्म 'चमेली की शादी' मा अभियन गर्ने भएका छन्।फिल्मको कथा आजको समाजको कयौं भागलाई दर्शाउने प्रकारको छ। भारतमा आजपनि धेरै ठाउँमा अन्तर जातीय विवाहलाई स्विकारिँदैन। चलेकीको भूमिमा सोनाक्षीभन्दा उपयुक्त पात्र अरु हुन नसक्ने निर्देशकले बताएका छन्। निर्देशक विनय सप्रुले भने,'सोनाक्षीसँग यो फिल्ममा काम गर्न कुराकानी भइरहेको छ। हामीले २०१० मा फिल्म दबंगमा पनि सँगै काम गरेका थियौं।' सो फिल्मको घोषणा चाँडै गर्ने उनले जानकारी दिए। फिल्ममा अनिल कुपुरको भूमिकामा को देखिने भन्ने विषयमा केही तय नभएको संचारमाध्यमले जनाएका छन्।

प्रकाशित: ११ माघ २०७२ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App