११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

सल्माले सम्झिइन् पुरानो कम्मर

हलिउड अभिनेत्री सल्मा हायेकले आफ्नो एउटा पुरानो फोटो देखाउँदै त्यतिखेरको आफ्नो कम्मर लोभलाग्दो रहेको बताएकी छिन् । हालसालै सामाजिक सञ्जालमा एक दशक पुरानो तस्बिर अप्लोड गर्दै उनले आफ्नो उहिलेको कम्मरप्रति मोह व्यक्त गरेकी हुन्।क्याप्सनमा उनले लेखेकी छिन्, 'गर्भवती हुनुअघि मेरो कम्मर यस्तो थियो । अहिले त्यस्तो कम्मर कहाँ छ र ?' पहिलेको जस्तो लोभलाग्दो कम्मर नभएकोमा कुनै गुनासो नभएको उनले बताइन् । 'कम्मर पहिलेजस्तो नभए पनि मेरो जीवन भने यसबीचमा झन्–झन् राम्रो हुँदै गएको छ,' उनले भनिन् ।

प्रकाशित: ४ माघ २०७२ ००:२२ सोमबार