coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिममा एमाले ७, नेपाली काग्रेस ७ र माओवादी केन्द्र ५ पालिकामा विजयी

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये अहिलेसम्म १९ वटाको मत गणना सम्पन्न भएको छ। मतगणना सम्पन्न स्थानीय तहमा नेपाली कांग्रेस ७, नेकपा एमाले ७ र नेकपा माओवादी (केन्द्र)ले ५ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जितेको छ।

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्। उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राम खाती विजयी भएका छन्। यस्तै बझाङकै साइपाल गाउँपालिकामा अध्यक्षमा एमालेका मानबहादुर बोहरा र उपाध्यक्षमा नेकपा एमालेका डोल्मा तामाङ विजयी भएका छन्।

दार्चुलाका जिल्ला सदरमुकाम रहेको महाकाली  नगरपालिका प्रमुखमा एमालेका नर सिह चांसिर विजयी भएका छन्। भने उप प्रमुखमा एमालेका  दुर्गा खत्री विजयी भएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका बिजय सिंह धामी विजयी भएका छन्।

डोटीको जोरायल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दुर्गादत्त ओझा बिजयी भएका छन् भने उपाध्यक्षमा एमालेका जमुना बोहरा विजयी भएका छन्। कन्चनपुरको लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मला राना बिजयी भएका छन्। बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरख बहादुर चन्द विजयी भएका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन्।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्षमा लक्ष्मी प्रसाद अवस्थी विजयी भएका छन्। बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कर्ण सिंह साउँद विजयी भएका छन्। डोटीको बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा डम्मरी कुमारी बिष्ट विजयी भएका हुन्।

बाजुराको स्वामी कात्तिक खापार गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका भरत बहादुर रोकाय र उपाध्यक्षमा मैना मैना जोशी बिजयी भएका छन्। डोटीको आदर्श गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका गणेश बहादुर खड्का बिजयी भएका छन्।

अछामको ढकारी गाउँपालिकामा प्रकाश बहादुर साँउद बिजयी भएका छन। यसैगरी दार्चुलाको अपी हिमाल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी (केन्द्र) भगतसिंह ठेकरे (बोहरा) विजयी भएका छन्। दार्चलाको नौगाड गाउँपालिका अध्यक्षमा नेकपा माओवादी (केन्द्र)का  दलजीतसिंह धामी विजयी भएका छन्।

दार्चुलाको मार्मा गाउँपालिका अध्यक्षमा जनम सिंह धामी विजयी भएका छन्। डडेल्धुरा आलिताल गाउँपालिका अध्यक्षमा शेर सिंह पार्की विजयी भएका छन्। भने डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्षमा कमल बहादुर गड्सिला विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App