४ कार्तिक २०८३ बुधबार
image/svg+xml
धर्म/संस्कृति

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ।

तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ।

कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए।

कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो। हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ।

प्रकाशित: ४ कार्तिक २०८३ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App