१ भाद्र २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

नागपञ्चमी : तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा

क्याप्शन

नागपञ्चमीको अवसरमा कपिलवस्तु तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा गरिएको छ।

नटुवाहरूले ल्याएको गोमन सर्पको भक्तजनहरूले पूजाआजा गरेका हुन्। सोमबारका दिन मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूको ठुलो भीड लागेको छ। भक्तजनहरूले साक्षात नागको दर्शनसंगै पूजा गर्न पाउँदा हर्षित बनेको बताएका छन्।

जिल्लाको यशोधरा गाउँपालिका ३ बसन्तपुरका नटुवाहरूले मन्दिरमा सर्प ल्याएका थिए। मन्दिरमा रहेको शिवलिंगको पूजासंगै उनीहरूले मन्दिर परिसरमा गोमन सर्पलाई दुध, लावा, चना, अक्षता, अबिर, चन्दन र फूल चढाएर पूजाआजा गरेका छन्।

नागपञ्चमीका दिन सर्पको पूजाआजा गरेमा सर्पको डसाइबाट जोगिने र परिवार सुरक्षित रहने भक्तजनहरूको विश्वास रहिआएको छ। बिहानै ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म नागको पूजाआजा गर्नेको भीड लाग्ने गर्छ। आजको दिन मन्दिरमा जिउँदो नागको दर्शनसंगै पूजाआजा गर्न पाएकोमा खुसी लागेको स्थानीय अजय बर्माले बताए।

नागपञ्चमीमा मन्दिरमा पाँच हजार जनाभन्दा बढी भक्तजनहरूले मन्दिरमा दर्शनसंगै जिउँदो नागको पूजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। श्रद्धालुले आफ्नो गच्छे अनुसार सर्पलाई पूजाआजा गरी नगद पनि चढाएका थिए। युवायुवतीले घाटीमा सर्प बेरेर समेत तस्बिर खिचाएका थिए।

प्रकाशित: १ भाद्र २०८३ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App