२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्छ: प्रदेश प्रमुख कर्ण

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन्।

छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठजस्ता पर्वका माध्यमबाट सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउने बताएका छन्।

मधेस प्रदेशसहित समग्र राष्ट्रमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न यो पर्वबाट प्रेरणा मिल्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App