१ मंसिर २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट

यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट नियुक्त भएका छन् ।

बिष्टले सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा यती एयरलाइन्सबाटै आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । बिष्टले हवाई सेवा क्षेत्रमा १७ वर्षभन्दा बढी काम गरेको अनुभव सँगालेका छन् । व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गरेका उनले एयरलाइन्सको विभिन्न व्यावसायिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।
कम्पनीमा विभिन्न पदमा रहेर अनुभव हासिल गरेका बिष्ट यसअघि प्रमुख व्यावसायिक अधिकृत (सिबिओ) तथा जवाफदेही व्यवस्थापकको जिम्मेवारीमा थिए । उनले कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन र संस्थागत विकासका क्षेत्रमा काम गरेका थिए ।
व्यवस्थापन प्रशिक्षार्थीबाट सेवा सुरु गरी कम्पनीको नेतृत्व तहसम्म पुगेका बिष्टले अब एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन र संस्थागत विकासको नेतृत्व गर्नेछन् ।
व्यावसायिक योजना, संस्थागत व्यवस्थापन, सेवा विस्तार तथा कार्यसम्पादन व्यवस्थापनमा अनुभव हासिल गरेका बिष्टको नेतृत्वमा कम्पनीले आगामी व्यावसायिक योजना र विकासका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित: १ मंसिर २०८३ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App