सामसङ नेपालले एनसेलसँगको सहकार्यमा एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दसैँको विशेष अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सामसङको चाडपर्व लक्षित अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ।
यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” लाई थप आकर्षक बनाएको छ। यसले एनसेलका ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन खरिद गर्न थप लाभ प्रदान गर्नेछ।
यो अफर प्राप्त गर्न ग्राहकहरूले एनसेल एपको Partnered Services सेक्सनमा गएर आफूले पाउने छुटबारे जानकारी लिन सक्छन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन्। त्यसपछि अफर कोड प्राप्त गरी नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गएर आफूले चाहेको सामान खरिद गर्न सक्नेछन्।
आफ्नो नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकहरूले टोल-फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्छन्।
यो अफर ८ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ। सर्त तथा नियमहरू लागू हुनेछन्।
प्रकाशित: २६ आश्विन २०८३ १२:५१ सोमबार





