नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनलिमिटेड र पब्जी मोबाइलको सहकार्यमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिप(पीएमएनसी)नेपाल स्प्रिङ २०२६ आयोजना हुने भएको छ । पछिल्लो समय नेपालमा विस्तार भइरहेकोइ–स्पोर्टस क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजनाहुने भएको हो । प्रतियोगिता यही अप्रिल १० अर्थात् आउँदो शुक्रवार देखि मध्यपुर थिमी, भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ ।
रेडबुल र इन्फिनिक्स सह–प्रायोजक आयोजना हुने प्रतियोगिता दुई दिन सम्म चल्नेछ। प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । पहिलो चरणमा देशभरबाट करिब १६ सयटोली यसमा सहभागी भएका थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १६ टोली अहिलेफाइनलमा पुगेका हुन् । सोही १६ टिमबिचको अन्तिम प्रतिस्पर्धा शुक्रवारबाट हुनेभएको हो । प्रतियोगितामा शुक्रवार ६ र शनिवार ६ गरी कुल १२ खेल हुनेछ । सबै खेलबाटजम्मा हुने अंकका आधारमा विजेता टिम तय गरिने आयोजकले जनाएको छ । विजेता मध्येउत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले दक्षिण एसियाली स्तरको प्रतियोगितामानेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नेछन् । जहाँ भुटान, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का सहितका दक्षिण एसियाली मुलुकका पब्जीटोलीहरूको सहभागिता रहनेछ ।
आयोजकको अनुसार पब्जीमा ‘ल्यान कम्पीटिशन’ अन्तर्गत यती ठुलो प्रतियोगिता नेपालकैपहिलो हो । अर्थात् भौतिक उपस्थिति सहित ल्यान इन्टरनेटमा आधारित भएर आयोजना हुनलागेको यो ठुलो र भव्य पब्जीप्रतियोगिता हुनेछ । पब्जी मोबाइलसँगको विगत तीन वर्ष देखिको सहकार्यको निरन्तरतास्वरूपवर्ल्डलिंकले यो प्रतियोगिताका आयोजना गर्न लागेको हो ।वर्ल्डलिंककम्युनिकेसन र पब्जी मोबाइल बिच सन् २०२३ देखि सहकार्य हुँदै आएको छ । त्यसयतागेमिङ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न पहलहरू हुँदै आएका छन् । भने, आगामी तीन वर्षका लागि पनि यी दुई संस्थाबिच सहकार्यलाई निरन्तरता पाउने भएकोछ ।
पछिल्लो समयवर्ल्डलिंकको वाईफाइ सिक्स पनि पब्जी लगायतका अनलाइन खेलाडीहरूकोरोजाइमा पर्दै आएको सन्दर्भमा पब्जीसँगको यो सहकार्यलेवर्ल्डलिंकको इन्टरनेट गुणस्तरलाई थप विश्वाशनियता तुल्याएकोछ । आयोजकको अनुसार फाइनल खेलहरू प्रत्येक दिन दिउँसो दुईबजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । यी खेलहरू आयोजना स्थलमै उपस्थित भएरअथवा अनलाइन लाइभ स्ट्रिमिङमार्फत सहजै हेर्न सकिनेछ ।
‘वर्ल्डलिंककम्युनिकेशनले नेपालमा इ–स्पोट्र्स प्रवर्द्धनप्रति कम्पनीकोप्रतिबद्धता दोहोर्याएका छ, ‘ प्रतियोगिताको विषयमाबोल्दैवर्ल्डलिंककम्युनिकेसनका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्नुहुन्छ, ‘नेपालमा इ–स्पोर्टसको सम्भावना निकै ठुलो छ । हामीले यस प्रतियोगितामार्फतदेशभरका प्रतिभाशाली खेलाडीहरूलाई एकीकृत मञ्च दिन खोजेका छौ । यसलेप्रतिस्पर्धात्मक गेमिङ इकोसिस्टमलाई अझ मजबुत बनाउनेछ र नेपाली खेलाडीहरूलाईअन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्नेछ ।’
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पब्जी मोबाइल खेल्नेको सङ्ख्या करिब ३० लाखपुगेको अनुमान छ । यस फाइनल प्रतियोगितालाई मात्रै करिब १० लाख दर्शकले हेर्नेअपेक्षा गरिएको छ । प्रतियोगिताका लागि उच्चस्तरीय नेटवर्क पूर्वाधार तयार गरिएकोछ, जसलाई नेपालकै अहिलेसम्मकै उत्कृष्ट (state-of-the-art) गेमिङ सेटअपका रूपमा तयारपारिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताको व्यवस्थापन ई–स्पार्टस काउन्टीले गरिरहेको छ ।
प्रकाशित: २५ चैत्र २०८२ १५:४७ बुधबार





