२४ भाद्र २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

भोटेकोशी बाढीपहिरो पीडितका लागि एम्पीयाको ३१ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि मोबाइल फोन आयातकर्ता संघ (एम्पीया) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जनाइएको छ।

संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा प्रयोग गरिने संघले जनाएको छ।

सहयोग रकम संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका हुन्।

संघका अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले सहयोग तथा सद्भाव देखाउने सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे।

प्रकाशित: २४ भाद्र २०८३ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App