२४ भाद्र २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई लक्षित गर्दै स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ। बैंकले दुवै कर्जाका लागि वार्षिक ५.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको जनाएको छ।

स्थिर ब्याजदरको अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम गरिने बैंकले जनाएको छ। कर्जा योजनामा सहभागी हुन इच्छुक ग्राहकले बैंकका देशभरका शाखामार्फत आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित बैंकिङ सेवामा समेत विस्तार गरेको जनाएको छ। युवा पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ। त्यस्तै, स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिका लागि ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत उपलब्ध गराइएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सी–आर–एन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि सञ्चालनमा छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा उपलब्ध टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा ल्याइएको बैंकको भनाइ छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App