१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
बजार

यशोधा फुड्सले भन्यो: निश्चितबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खानयोग्य छ

यशोधा फुड्स प्रा.लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खानयोग्य रहेको जनाएको छ। एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याचबाहेक अन्य ब्याच खानयोग्य रहेको जनाएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउबाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ।

‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसारको करेन्ट हट एण्ड स्पाइसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउबाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

त्यस्तै, कम्पनीले सो ब्याचबाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न पनि उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App