१ मंसिर २०८३ मंगलबार
image/svg+xml
बजार

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App