५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
बजार

एकैदिन ३८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

नेपाली सुनचाँदी बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। आज एकैदिन सुन प्रतितोला ३८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यससँगै मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५०  रुपैयाँले घटेर चार हजार ८८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८३ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App