नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
आज सुन प्रतितोला चार हजार आठ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय ५५ रूपैयाँले घटेर चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८३ ११:३६ शुक्रबार





