१७ आश्विन २०८३ शनिबार
image/svg+xml
बजार

चेरि क्यू नेपाल–चीन सीमामा आइपुग्यो, सीमा खुल्नेबित्तिकै नेपाल भित्र्याइने

नेपालका लागि चेरि गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘चेरि क्यू’ नेपाल–चीन सीमासम्म आइपुगेको जनाएको छ।

कम्पनीका अनुसार चेरि क्यूका गाडीहरू नेपाल प्रवेशका लागि सीमामा तयारी अवस्थामा राखिएका छन्। सीमा नाका खुलेलगत्तै ती गाडी नेपालतर्फ पठाइने कम्पनीले जनाएको छ।चेरि क्यू नेपाल प्रवेशसँगै कम्पनीको विद्युतीय सवारीसाधनको पोर्टफोलियो थप विस्तार हुने भएको छ। आधुनिक डिजाइन, प्रविधि, सुरक्षा तथा दैनिक प्रयोगका लागि उपयोगी विशेषतासहितको सहरी क्रसओभरका रूपमा चेरि क्यूलाई बजारमा ल्याउन लागिएको कम्पनीको भनाइ छ।

चेरि क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ।

गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको छ। त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको चेरि क्यूले आधुनिक बाहिरी डिजाइन तथा इन्टेलिजेन्ट प्रविधिलाई प्राथमिकता दिएको कम्पनीको दाबी छ। यसको डिजाइनले सन् २०२५ मा रेड डट डिजाइन अवार्ड तथा सन् २०२६ मा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

सीमामा गाडीहरू पुगिसकेकाले नेपालमा चेरि क्यूको प्रतीक्षा गरिरहेका ग्राहकले अब धेरै समय कुर्नु नपर्ने पायोनियर मोटो कर्पको भनाइ छ। सीमा नाका खुलेपछि गाडीहरू नेपालतर्फ पठाउने र त्यसपछि बजारमा उपलब्ध गराउने तयारी गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३ १७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App