२५ आश्विन २०८३ आइतबार
image/svg+xml
बजार

मसला र स्न्याक्सपछि सेन्चुरीको चाउचाउ बजारमा

मसला तथा स्न्याक्स उत्पादनमा परिचित सेन्चुरी ब्रान्डले आफ्नो उत्पादन विस्तार गर्दै तयारी चाउचाउ बजारमा प्रवेश गरेको छ।

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्ताको स्वाद र बदलिँदो जीवनशैलीलाई लक्षित गरी नयाँ चाउचाउ सार्वजनिक गरेको हो।

मसला र स्न्याक्स उत्पादनमा लामो समयदेखि सक्रिय कम्पनीले खाद्य उत्पादनको क्षेत्र विस्तार गर्ने योजनाअनुसार चाउचाउ बजारमा पाइला चालेको जनाएको छ। नेपाली उपभोक्ताको रुचि र आवश्यकतालाई ध्यानमा राखेर नयाँ स्वादको चाउचाउ तयार गरिएको कम्पनीको भनाइ छ।

व्यस्त जीवनशैलीसँगै छिटो र सहज रूपमा तयार गर्न सकिने खाद्य पदार्थको माग बढिरहेको अवस्थामा गुणस्तरीय र फरक स्वादको विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ उत्पादन ल्याइएको कम्पनीले जनाएको छ।

चाउचाउ बजारमा प्रवेशसँगै सेन्चुरीले आफ्नो ब्रान्डको पहुँच र बजार उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ।

नयाँ उत्पादनबारे उपभोक्तालाई जानकारी दिन काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरस्थित स्टोरमा विशेष स्टलसमेत सञ्चालन गरिएको छ। ती स्टलमा उपभोक्ताले चाउचाउको स्वाद लिनुका साथै उत्पादनबारे जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

स्वदेशी तथा विदेशी ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेको नेपाली खाद्य बजारमा नयाँ उत्पादनमार्फत आफ्नो स्थान बलियो बनाउने रणनीतिमा सेन्चुरी देखिएको छ। स्वाद, गुणस्तर र सहज उपलब्धतालाई प्राथमिकतामा राखेर उत्पादन विकास गरिरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App