१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
बजार

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए।

पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ गरेका थिए। पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्राका क्रममा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

राइडलाई थप सहज र व्यवस्थित बनाउन रोयल इन्फिल्डको विशेष सर्भिस भ्यान पनि यात्रासँगै परिचालन गरिएको थियो। लामो दूरीको यात्राका क्रममा मोटरसाइकलमा आउन सक्ने प्राविधिक समस्या समाधान गर्नुका साथै आवश्यक सर्भिस सपोर्ट उपलब्ध गराउने उद्देश्यले भ्यानको व्यवस्था गरिएको थियो। यसले सहभागी राइडरहरूलाई यात्राभर आवश्यक प्राविधिक सहयोग र थप सहजता प्रदान गरेको थियो।

महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले महिला राइडरहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ।

यस किसिमका राइडले महिला सशक्तीकरणसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मुस्ताङजस्ता पर्यटकीय गन्तव्यलाई मोटरसाइकल यात्रामार्फत देश तथा विदेशमा चिनाउन र नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ।

रोयल इन्फिल्डले आफ्नो ‘Pure Motorcycling’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ। कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको छ।

अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने तथा रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १३:५० बिहीबार