११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अपराध

अमेरिकाबाट कुरियरमा आएको गाँजासहित दुई भारतीय पक्राउ

अमेरिकाबाट कुरियरमार्फत पठाइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा डकुमेन्टको आवरणमा ल्याइएको १ किलो ३३८ ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।

घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App