२७ श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

थाइल्याण्डबाट ल्याइएको १८ किलो गाँजासहित दुई भारतीय पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

थाइल्याण्डको बैंककबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका भारतीय नागरिक ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमारलाई प्रोफाइलिङका क्रममा पक्राउ गरिएको हो।

उनीहरूले गाँजा लुकाएर ल्याएको लगेज आगमनतर्फको भन्सार क्षेत्रमा छाडेर बाहिरिन खोजेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउबाट बच्न तस्करहरूले विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज क्लेम गरी लैजाने नयाँ तरिका अपनाउने गरेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १८ किलोग्राम गाँजा, दुई थान राहदानी, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ श्रावण २०८३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App