१५ असार २०८३ सोमबार
image/svg+xml
अपराध

उदयपुरमा लागूऔषधसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय भवन। तस्बिरः महेश्वर

उदयपुर प्रहरीले आइतबार साँझ लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र पप्तरीको सीमानाका लालपत्ता प्रहरी चौकीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा लागूऔषध बोकेको फेला परेपछि मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ का २१ वर्षीय दीपकराज पोखरेल र पछाडि सवार २५ वर्षीय पुरन मगर पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ओपिडोल ४ सय ९० क्याप्सुल र स्पास्पेन ४ सय ९० क्याप्सुल गरी जम्मा ९ सय ८० क्याप्सुल बरामद भएको छ।

दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताए।

प्रकाशित: १५ असार २०८३ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App