२४ असार २०८३ बुधबार
image/svg+xml
अपराध

नेपालगन्जबाट लागुऔषधसहित दुई जना पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ उधौपूर्वाबाट प्रहरीले ८० ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय जसवन्त चौहान लोनियासहित दुई जना रहेका छन्। उनीहरूलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हिरिमिनिया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८३ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App