३ श्रावण २०८३ आइतबार
image/svg+xml
अपराध

मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डबाट प्रहरीले १०९ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाका आधारमा बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा गाडीको पछाडिको ढालामा त्रिपालले छोपेर लुकाइछिपाइ ल्याइएको प्लास्टिकले बेरिएको १५ पोका गाँजा फेला परेको हो। तौल गर्दा उक्त गाँजा जम्मा १०९.०९६ किलो रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा गाडी चालक धादिङको गजुरी न.पा-७, किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र सोही गाडीमा सवार १९ वर्षीय ईरोज तामाङ रहेका छन्।

प्रहरीले बरामद गरेको गाँजा र पिकअप गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ श्रावण २०८३ १९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App