१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन् । उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु ७ लाख ठगी गरेका थिए।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन्। 

उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै रु ८ लाख ५० हजार ठगी गरेका थिए। 

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८३ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App