२ भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

लालबन्दीबाट २२ किलो गाँजासहित तीन जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ नवलपुरबाट प्रहरीले २२ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अज्जली हस्पिटल अगाडि प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटो जाँच गर्दा पाँच पोकामा लुकाइराखेको गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ चुरेकालीका ३० वर्षीय अटो चालक सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारन साह र २५ वर्षीया राधिका साह रहेका छन्।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार तीनै जनामाथि लागूऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ भाद्र २०८३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App