२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

काठमाडौंबाट ठुलो परिमाणमा लागू औषध बरामद, एक महिलासहित तीनजना पक्राउ

लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंका दुई स्थानबाट ठुलो परिमाणको लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्यूरोले बालाजुस्थित गंगाहल, शान्ति मार्गस्थित एक कोठामा ३५ हजार ५९० ट्रामाडोल क्याप्सुल र १२ हजार ५ सय किलोग्रामसहित मोरङ बेलबारीका ३२ वर्षीय निकु राईलाई पक्राउ गरेको हो।

यस्तै असार १३ गते काठमाडौं बल्खुस्थित १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाईजेपाम, १० हजार ३६७ एम्पुल फेनार्गन गरी जम्मा ३१ हजार १०१ एम्पुलसहित कुंगा तामाङ र पदमबहादुर महतलाई पक्राउ गरिएको हो।

औषधिजन्य लागू औषध बिक्रीवितरण गर्नका लागि आफू बस्दै आएको डेराकोठाभन्दा छुट्टै कोठा भाडामा लिई लागू औषध भण्डारण गरी बिक्रीवितरण गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट प्रहरी कारबाहीका क्रममा लागू औषध कारोबारमा संलग्न गिरोहका मानिसहरू पक्राउ परेका सूचना अधिकारी जनकबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार पक्राउ परेकाहरूमाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ श्रावण २०८२ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App