सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय महम्द फारूकलाई पक्राउ गरेको हो ।
समाजिक संजालमा फारुकले अबैध हतियार प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हतियार सहित पक्राउ परेका फारुकलाइ हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताए ।
प्रकाशित: ४ कार्तिक २०८३ १४:५९ बुधबार





