५ मंसिर २०८३ शनिबार
image/svg+xml
अपराध

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ निवासी २३ वर्षीय हर्षित राज मोक्तान रहेका छन्। घरमा लुकीछिपी बस्दै आएका मोक्तान हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा आएको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

सोही क्रममा मंसिर ४ गते दिउँसो करिब ४ बजे बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध खैरो हेरोइनसम्बन्धी कसुर (०८१-८१-०६१४) मुद्दामा उनलाई अदालतले ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि भीमफेदी कारागार कार्यालय पठाइएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App