२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
अपराध

मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एकको मृत्यु

बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो।

कुटपिट गर्ने टिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८२ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App