२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अपराध

भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ

मोरङको लेटाङ नगरपालिका-७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।  

सोही ठाउँका पूर्ण लावती लिम्बूलाई भरुवा बन्दुकसहित बिहीबार पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हतहतियार निर्माणमा प्रयोग हुने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा बरामद गरिएको डिएसपी मिश्रले बताए। प्रहरीले लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८३ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App