११ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

बर्दियामा लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला झापा, झापा गाउँपालिका–६ का ३३ वर्षीय अभिषेक केसी रहेका छन् । भारतको बलई गाउँ बजारबाट शंकास्पद रुपमा नेपालतर्फ आईरहेको अवस्थामा केसीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकमा बेरेर मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार केसीको साथबाट ९ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ र नगद रु २ हजार ४ सय बरामद भएको छ । केसीलाई नियन्त्रणमा लिई अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ 

प्रकाशित: ८ श्रावण २०८३ १९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App