२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

पर्साबाट २०७ केजी गाँजासहित एक जना पक्राउ

पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ६ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप रोकेर खानतलासी गर्दा सिमेन्टको बोराभित्र लुकाएर राखिएको २०७ केजी गाँजा बरामद गरेको हो।

प्रहरीले गाँजासहित चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई पक्राउ गरेको छ। 

बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८३ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App