६ आश्विन २०८३ मंगलबार
image/svg+xml
अपराध

१ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका -१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार बिहान ३:०० बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

बरामद गरिएको गाँजासहित भोक्राहानरसिंह गाउँपालिका-०५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३ आश्विन २०८३ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App