१० श्रावण २०८३ आइतबार
image/svg+xml
अपराध

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

संरक्षित वन्यजन्तु उदबिलावको आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

राजापुर नगरपालिका–१ का २७ वर्षीय अरुण सोनाहालाई संरक्षित वन्यजन्तुको आखेटोपहारसहित शनिबार प्रहरीले पक्राउ गरेको हो।

राजापुरको दौलतपुर स्थितबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोनाहाको साथबाट संरक्षित वन्यजन्तु उदबिलावको ४ फिट ५ इन्च लम्बाइ र ८ इन्च चौडाइ रहेको आखेटोपहार बरामद भएको प्रहरीले जनाएको छ।

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित सोनाहालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८३ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App