८ वैशाख २०८३ मंगलबार
image/svg+xml
अपराध

वृद्धालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका युवक कारागार चलान

ताप्लेजुङमा वृद्धाालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

शारीरिक रूपमा कमजोर ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका २९ वर्षे एक युवकलाई ताप्लेजुङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो।  

जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले यसअघि इलाका प्रहरी कार्यालय तेल्लोकले पक्राउ गरेका विनोद सार्कीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको ताप्लेजुङ जिल्ला अदालतले जनाएको छ।

डर, त्रास देखाएर धम्कीसमेत दिई अशक्त र वृद्धालाई जबरजस्ती करणी गरेको अभियोग विनोदमाथि छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार विनोदलाई प्रहरीले वैशाख १ गते पक्राउ गरेको थियो।

प्रकाशित: ७ वैशाख २०८३ १८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App