२७ भाद्र २०८३ शनिबार
image/svg+xml
अपराध

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको भारतीय मुद्रासहित पर्सामा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना-१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उनले जानकारी दिए। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। 

प्रकाशित: २७ भाद्र २०८३ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App