१३ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ खोटाङ सदरमुकामस्थित दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई कानुन बमोजिम कारबाही गर्न माग गर्दै ४ विद्यार्थी संगठनहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप खत्रीलाई छ । बालिकालाई कोठामा बोलाएर जबरजस्ती गरेको घटनाप्रति खोटाङमा क्रियासिल विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, नेपाली कम्युनिष्ट पार्टिनिकट अखिल क्रान्तिकारी र जनता समाजवादी निकट समाजबादी विद्यार्थी युनियनले संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
कडेलकै कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा बालिका बलात्करजस्तो जघन्य घटनालाई अपराधको चरम रुप भएको भन्दै निश्पक्ष छानविन गरि दोषीमाथि छिटो र कानुनी कारबाही अघि बढाउन माग गरिएको छ । विद्यार्थी संगठनहरुले पीडित छात्रालाई आवश्यक उपचार, उचित क्षतिपूर्ति र सुरक्षित भविष्य तथा निरन्तर शिक्षाको सुनिश्चित गर्ने प्रत्याभूति गराउन पनि माग गरेका छन् ।
बालिकाको अवस्थाबारे थाहा पाएलगत्तै प्रहरी बोलाएर उनको परिवार पीडकको कोठा पुगेर उनलार्य नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खत्रीविरुद्ध बालिकामाथि जवरजस्ती करणी अपराध बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी भनाई छ ।
प्रकाशित: १२ फाल्गुन २०८२ १८:४२ मंगलबार





