ताप्लेजुङ जिल्ला अदालतले जबरजस्ती करणी उद्योगका एक प्रतिवादीलाई १८ वर्ष कैद तथा ७ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
अदालतका निमित्त श्रेष्तेदार रमेश तामाङका अनुसार प्रतिवादी आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ घर भएका सकुन भनिने सन्तकुमार आङवुहाङ लिम्बूलाई उक्त कैद सजाय तथा जरिवानाको फैसला भएको हो ।
उनीमाथि अदालतमा २०८१ साल माघ २ जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । मुलुकी फौजदारी संहिता २०७४ को दफा २१९(३)(ख)बमोजिम यस्तो कसुरमा १८ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
यस्तै मुलुकी फौजदारी संहिता २०७४ को दफा २१९ देहाय(क)बमोजिम हुने कानुनी व्यवस्था अनुसार अदालतले ७ लाख रुपैयाँ जरिवाना समेतको फैसला गरेको अदालतले जनाएको छ ।
प्रकाशित: २० चैत्र २०८२ १७:४८ शुक्रबार





