९ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

जुम्लामा अझै १९ कैदीबन्दी फरार

गत भदौ २४ गते राति जुम्ला कारागारदेखि भागेका १७ कैदी प्रहरीको नियन्त्रणमा आएका छन्। त्यो रात ३६ जना कैदी भागेका थिए। प्रहरीले त्यही रात ५ जना कैदीलाई नियन्त्रणमा लिइएको सकेको थियो। जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार अझै १९ जना फरार छन्। उनीहरूको खोजी जारी छ ।  

२५ गते पक्राउ परेका हिक्मत गिरी, भिमप्रसाद कठायत, डिल्ली कार्की तथा २६ गते नियन्त्रणमा लिइएका हुकुम शाही, प्रेमराजा महत, दिनेश लवाड, २७ गते पक्राउ पर्नेमा डम्बर नेपाली, भक्तराज शाही, सन्तोष सार्की, सुरेन्द्र महत छन् । प्रहरीले २८ पूर्णप्रसाद भण्डारी, दिपेन्द्र सुनार, रमेश नेपालीलाई नियन्त्रणमा लिएको थियो । २९ गते लालबिर योगी र ३० गते सोमबार कमल शाही, प्रकाश शाही र इश्वरी बमलाई पक्राउ गर्न सफल भएको जुम्ला प्रहरीले जनाएको छ।  

कारागारमा एक नाबालकसहित ९८ जना कैदीबन्दी थिए। जसमध्ये पाँच जना महिला कैदीबन्दी छन्।  

कैदीले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गरी ढोका फोडेर भागेका थिए ।

 

फरार कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको प्रहरीले सम्पर्कमा नआए कैद थपिने चेतावनी दिएको छ । अहिले जिल्ला कारागार सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित: ३० भाद्र २०८२ २१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App