२९ असार २०८३ सोमबार
image/svg+xml
अपराध

झापाबाट ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रहरीका अनुसार ९४ वटा बोरामा तीन हजार ९२० केजी खर्बुजाको बीउ बरामद गरिएको छ।

उक्त बीउ भद्रपुर भन्सार कार्यालय झापामा पठाइने उनले जानकारी दिए। 

प्रकाशित: २९ असार २०८३ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App