अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न जिल्लाबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।
झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इलाम, इलाम नगरपालिकाप-१० बस्ने २६ वर्षीय सरोज बानियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय नरेश खड्गी र ३५ वर्षीय कृष्णा राई रहेका छन्। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-६ बस्ने २१ वर्षीय शुसान्त विक र २० वर्षीय निर्मल तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, रंगेली नगरपालिका-५ ठाकुर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय अरूण मण्डल र २९ वर्षीय विवेक धिमाल रहेका छन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-८ फलामे पुल बस्ने ३२ वर्षीय बिमलराज धामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित पर्सा छिपहरमाई गाउँपालिका-५ बस्ने १९ वर्षीय फारूक आलम समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट जीतपुरतर्फ आउँदै गरेको बीआर २२ बिएल ८१७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सल्यान, कपुरकोट गाउँपालिका-३ कपुरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ श्रीनगर बस्ने २८ वर्षीय बिकास हमाल र २८ वर्षीय निराजन सिंह रहेका छन्। इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले दाङको तुलसीपुरबाट सल्यानतर्फ आउँदै गरेको लु.९६ प ४०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, भजनी नगरपालिका-९ गन्जहुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बस्ने २७ वर्षीय डेबिट चौधरी र ३४ वर्षीय नरेन्द्र चौधरी रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमन पन्थीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जित चौधरी समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनकुटा, चौबिसे गाउँपालिका-६ टुक्रेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५ ट्याब्लेट सहित सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय उपहार राई समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १९ आश्विन २०८३ १५:१४ सोमबार





