१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

जबरजस्ती करणी आरोपमा युवतीसहित तीन जना पक्राउ

मोरङको लेटाङस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा एक जना युवती र दुई जना पुरुष पक्राउ परेका हुन् ।  

सुन्दरहरैँचा नगरपालिका–१० का ३८ वर्षीय डम्बर खतिवडा, विराटनगर–५ का २५ वर्षीया सोनुमा लिम्बू र केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये डम्बर खतिवडाले जबरजस्ती करणी गरेको र अन्य दुई घटना घटाउन सहयोगीको भूमिका खेलको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

घटना साउन १७ गते मध्यराति लेटाङ नगरपालिका–१ स्थित ‘हाम्रो होटल’को कोठामा लिम्बू र आले मगरले पीडित युवतीलाई खतिवडासँग भेट गराए । त्यसपछि युवतीलाई उनीहरु तीन जनाले  ललाइफकाइ ‘स्ट्रिम’ नामक पेय पदार्थमा नशालु पदार्थ मिसाएर खान दिएको र तीनै जनाले ज्यान मार्ने धम्की दिएपछि खतिवडाले जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले साउन १८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ श्रावण २०८३ १९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App