५ मंसिर २०८३ शनिबार
image/svg+xml
अपराध

अपाङ्गता भएकी किशोरी ब*लात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा यहाँका एक युवा पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको रौतामाई गाउपालिका ६ रातमाटेका १९ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका हुन्।

बोल्न नसक्ने अपाङ्गता भएकी किशोरीलाई ४ दिनअघि बलात्कार गरेको खुलेपछि तामाङलाई नियन्त्रणमा लिइएको हो। कात्तिक ३० गते छ्ठ पूजाको दिन दिउँसो ३ः०० बजे किशोरी बलात्कृत भएको मौखिक उजुरीका आधारमा उनलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ।

खेतबाट कोदो बोकेर घरतर्फ आउँदै गरेकी किशोरीलाई उकालो बाटोमा घिसार्दै झारेर नजिकैको झाडीमा लगेर बलात्कार गरेको उजुरी रौतापोखरी प्रहरी बीटमा परेको थियो। घट्ना हुँदा पीडित किशोरी आमासँगै रहे पनि बाटोमा निकै पछि रहेकाले छोरी झाडीबाट रुँदै निस्केको भेटेकी थिइन्।

अपाङ्गता भएकी किशोरी झाडीबाट रुँदै निस्के पनि तामाङ फरार रहेकाले सोधपुछका क्रममा भोलिपल्ट मात्रै उनी बलात्कृत भएको खुलेको थियो। तामाङ भागे पनि घरमा घट्नाबारे जानकारी भएपछि किशोरीको परिवार र आफन्तले मंसिर २ गते अस्थायी प्रहरी पोस्ट रौतापोखरीमा उजुरी दिएका थिए।

आफन्तको उजुरीका आधारमा प्रहरी पोष्टले फरार तामाङलाई खोजी गरी पक्राउ गरेर सदरमुकाम गाईघाट ल्याइएको छ। उनीमाथि जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताएका छन्।

प्रकाशित: ५ मंसिर २०८३ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App