१२ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट १५ पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे. १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ तिरूवा बस्ने २७ वर्षीय रोहित चेपाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६९१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी, ईटहरी उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र डिकोलिक ५ सय १० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २४ वर्षीय सलमान मंसुरी, सिराहा घर भएका २४ वर्षीय होम मुखिया, ईटहरी उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय कोरूजित सरदार र सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी चौकी खनार समेतबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ। प्रहरीले हाल फरार अवजल मियाको खोजी गरिरहेको छ।

धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८ ग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत बिहारअररीयाथाना जोगवनी बस्ने ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रूबी खातुन रहेका छन्।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो।

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ डाँगीबारी बस्ने २१ वर्षीय बिमल विश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ श्रावण २०८२ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App