१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:४६ अपराह्न
अपराध

दश किलो गाँजासहित दुई पक्राउ

मकवानपुरबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

मनहरी गाउँपालिका-५, डिल्लीपुरका ३० वर्षीय अनिल तामाङ र सोही स्थानका २४ वर्षीय अशोक बललाई दश किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा नेवारपानीबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आइतबार राति करिब ७:३० बजे चितवनबाट हेटौंडातर्फ गइरहेको ना ७ ख ४५७३ नम्बरको यात्रुबाहक बसलाई रोकेर जाँच गर्दा उनीहरु शंकास्पद देखिएका थिए।

उनीहरुले बोकिरहेको झोलाबाट १० किलो ७०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०८१ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App