२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

१४ वर्षीया बालिकामाथि सहपाठीबाट सामूहिक बलात्कार

खोटाङकी एक बालिका आफ्नै सहपाठीबाट सामूहिक बलात्कारमा परेकी छन्। विद्यालयबाट घर फर्कँदै गरेकी ८ कक्षाकी १४ वर्षीया बालिकामाथि साथीबाट सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

स्कुल छुट्टी भएर घर फर्कँदै गरेकी बालिकालाई एक्लै देखेर १५ वर्षीय र १६ वर्षीय दुई बालकले बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार सँगैका साथी अगाडि छुटिसकेकाले एक्लै रहेकी उनलाई दुई केटा सहपाठीले ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै जंगलको बिचमा पुगेपछि पालैपालो बलात्कार गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ।

बालिकाले प्रहरीलाई दिएको जानकारी अनुसार साउन १९ गते ४:३० बजे बाटोमा उनी पढ्ने स्कुलकै दुई केटा साथीले बाटोमा भेटेर चटपटे सँगै आएर नजिकैको ओडारमा लगेपछि रातभर पालैपालो बलात्कार गरेका छन्। ‘दुई पटकसम्म गरेको थाहा छ, त्यसपछि बेहोस भएँ, केही थाहा छैन,’ उनले प्रहरीलाई भनेकी छन्, ‘बिहान ब्युँझँदा म एक्लो थिएँ।’

स्कुलबाट बहिनी घर नफर्केपछि खोजी गर्दै जाँदा २० गते बिहान ५:३० बजे घरदेखि करिब ५०० मिटर टाढा राम्चेभीरस्थित ओडारमा झोक्राइरहेको अवस्थामा भेटिएको पीडितकी दाजुले बताए। बालिका साथीबाट बलात्कृत भएको खुलेको थियो। घटना थाहा पाएपछि आफन्तले सोही साँझ प्रहरीमा किटानी जाहेरी दिएका छन्।

जाहेरी परेपछि २१ गते जिल्ला अस्पताल दिक्तेल लगेर बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको छ। साथै दोषीमाथि कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। तर, दोषी दुवै फरार रहेकाले खोजी कार्य भइरहेको छ।

पीडित बालिकाको उपचार र मनोपरामर्श दिने काम भइरहेको र स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ। आफन्तको किटानी जाहेरी अनुसार दोषी सोही विद्यालयका दुई छात्र छन्। घटनालगत्तै फरार रहेकाले दुवै आरोपितविरुद्ध जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको छ।

प्रकाशित: २३ श्रावण २०८२ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App