८ वैशाख २०८१ शनिबार
भिडियो

सुरक्षित आमा : सुरक्षित भविष्य, डा. निराको साथमा

गर्भावस्थामा आउने परिवर्तनलाई आत्मसात गरेर गर्भाधारण गर्नु राम्रो

आमाबुबा बन्नका लागि एउटा महिला पुरुषलाई कसरी र कुन-कुन पक्षबारे ख्याल राख्नु पर्दछ, भन्ने विषयमा नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् डा. निरा सिंह श्रेष्ठसँग छलफल गरेकी छन्।

महिला र पुरुष सामाजिक रुपमा एकाकार भएपछि अर्थात विवाह उप्रान्त बिशेष गरि संयुक्त परिवारमा घर परिवार र समाज सबैको चाहना नै सन्तानको जन्म हुन्छ। सुरुवातमा चाहना त्यसपछि बिस्तारै त्यो चाहना दबाबमा परिणत हुन थाल्छ। गन्धर्वविवाह वा प्रेम विवाह अथवा छुट्टै बस्दा पनि सन्तानको योजना बनाउने वा केही समयपछि जन्माउने, दुबैमा केन्द्रिकृत हुन्छ। तर अधिकतर सन्तानको जन्म बिना योजना नै हुने गर्दछ। कुनै पनि कुरालाई योजनाबद्ध रुपमा गरियो भने त्यो सफल पक्कै हुन्छ। अझ श्रीमान श्रीमतीलाई आफू आमा बुबा बन्ने कुराले धेरै महत्व राख्दछ। त्यसैले गर्भधारण गर्न परिवारको सहमति र सुझाव सल्लाह जरुरी हुन्छ। आमाबुबा बन्नका लागि एउटा महिला पुरुषलाई कसरी र कुन-कुन पक्षबारे ख्याल राख्नु पर्दछ, भन्ने विषयमा नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् डा. निरा सिंह श्रेष्ठसँग छलफल गरेकी छन्।

पूर्व गर्भावस्थाबारे डा. निरासिंह श्रेष्ठ भन्छिन्, ‘श्रीमान श्रीमती दुबैले आफ्नो मानसिक र शारीरिक अवस्थालाई ध्यानमा राखेर गर्भधारणबारे योजना बनाउनु पर्छ।’ पछिल्लो समय पढेलेखेकाहरुले पनि बिना योजना नै गर्भाधारण गरेको देखिन्छ। जसले गर्दा आमा बन्ने महिलामा धेरै समस्या र तनावको वातावरण सृजना हुन्छ। यदि आमाबुबा बन्ने योजना छ भने श्रीमान श्रीमती दुवैले एकअर्काको मर्मलाई बुझेर गर्भाधारण गर्नु उपयुक्त हुने डा. श्रेष्ठको भनाइ छ।

गर्भावस्थाको समयमा कतिपय महिलाहरु आत्तिने र शारीरिक परिवर्तनलाई लिएर तनावमा रहन्छन्। त्यसैले गर्भावस्थामा आउने परिवर्तनलाई आत्मसात गरेर मात्र गर्भाधारण गर्नु राम्रो हुने उनको भनाइ छ।

त्यस्तै, पछिल्लो पटकको अवस्थामा अधिकाँश महिलाको गर्भ तुहिने अनुभव हुन्छ। जुन कतिपयले लुकाउने गर्छन् र कतिपयको सार्वजनिक हुन पुग्छ। गर्भावस्थाको समयमा कारणवश गर्भ तुइन पुग्यो भने समाजमा महिलालाई नै दोषी ठानिन्छ। जस्तै गर्भावस्थको बेला महिलाको खानपान र उसले गर्ने व्यवहारमा नै प्रश्न चिन्ह लगाइन्छ।

वास्तवमा के गर्भावस्थामा हुने समस्या महिलाका कारणले मात्र हुन्छ त ? भन्ने प्रश्नमा डा. श्रेष्ठ भन्छिन्, ‘हाम्रो हजुरआमा र आमाले धेरै खानेकुराहरुमा बन्देज लगाउँनुहुन्छ, जुन स्वभाविक पनि हो उहाँको बुझाइ अनुसार, तर आफ्नो डाक्टरको सल्लाह अनुसार नै खानपान छनोट गर्नु पर्दछ।‘

विवाहपूर्व शारीरिक सम्बन्धको सामाजिक स्वीकार्यता नहुने भएकोले गर्भ नरहोस् भनेर सेवन गरिने गर्भनिरोधक औषधि र रहे पनि गुपचुप गर्भपतन गरिने पनि चाहना अनुसारको सन्तान योजनामा प्रतिकुलताको कारक भएको छ।

पितृसत्तात्मक समाजको चाहना वंश वृद्धिको लागि छोरा नै हुनुपर्ने, गर्भमा रहेको सन्तानको लिङ्ग आफ्नो चाहना अनुरुप हुनुपर्ने समस्या पनि बिद्यमान नै छ, त्यो पनि एउटा ठूलो कारण हो। त्यस्तै, सम्पत्तिको लागि मात्रै पनि गर्भाधान गरेर हकदावी गरिने समस्या पनि एक प्रकारको चलनचल्तीमा नै रहेको मान्न सकिन्छ।

गर्भावस्था अघि र पछि महिलाले धेरै कुराहरुमा दिनुपर्ने हुन्छ। नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने सरकारको तथ्यांक छ। त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन्। योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउँछन्। यसरी योजनाविना नै गर्भवती हुँदा धेरै युवतीमा अनावश्यक तनाव हुन जान्छ। साथै, यो अवस्थामा देखिने स्वाभाविक परिवर्तनदेखि लिएर कहिलेकाही हुने जटिल अवस्थाको विषयमा पनि उनीहरूलाई थाहा हुँदैन।

यहाँसम्मकी गर्भावस्थामा महिलाले कस्ता काम गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन। जसमा डा. श्रेष्ठ भन्छिन्, ‘महिलाले गरुंगो भारी उठाउने र आफूलाई असहज हुने काम गर्नुहुँदैन। यसको साटो महिलाले दिनहुँ हिंड्डुल गर्ने र सहज खालका शारीरिक व्यायाम गर्नु आमा र गर्भमा हुर्किरहेको बच्चाका लागि पनि एकदमै राम्रो मानिन्छ।‘

ईस्वी संवत् २००० को पहिलो दिन सन्तान जन्मियोस भनेर अर्थात सँसारको थुप्रै जोडिले मिलेनियम बेबी जन्माएको घटनाले योजना अनुसार चाहेकै दिनमा पनि सन्तान जन्माउन सकिन्छ भन्ने पुष्टि गरिसकेको छ।

प्रकाशित: ३० चैत्र २०७७ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App