८ वैशाख २०८१ शनिबार
भिडियो

दशैंमा घर जाने चटारो, यसरी हुँदैछ टिकट बुकिङ

दसैं नजिकिएसँगै राजधानीबाट घर फर्किनेको संख्या बढेको छ।  सरकारले यही असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक बस खुलाएको हो।  

यातायात व्यवस्था विभागले जारी गरेको निर्देशकाअनुसार यात्रुले गाडीभित्र भौतिक दूरी कायम हुने गरी तोकिएको सिटमा मात्र बस्नु पर्नेछ। यात्रा गर्दा अनिवार्य मास्क लगाउनु पर्नेछ।  

कोरोना महामारीका कारण गत वर्षको दसैंमा भन्दा यसपालि यात्रु निकै कम भएको यातायात व्यवसायी बताउँछन्।  

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले दुई सिटमा एक जना मात्रै यात्रुलाई राख्ने गरिएको छ। यातायात व्यवसायीले भीडभाड कम होस् भनेर टिकट पनि अनलाइनमार्फत लिन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: १९ आश्विन २०७७ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App